Logo

८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै एलआइसी नेपाल

८८.४५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै एलआइसी नेपाल



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार (भदौ १३ गते) बसेको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँबाट ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

laxmi

यस्तै, बैठकले हकप्रद निष्कासन गर्ने निर्णय स्वीकृतिको लागी बिमासमिति समक्ष पेश गर्ने पनि जनाएको छ ।

कम्पनीले २ अर्ब ३४ करोड ६७ लाख ९९ हजार ९७३ रुपैयाँको हकप्रद सेयर निष्कासन गर्नेछ । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् ।
समितिको गत चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL