Logo

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अब पूर्ण रूपमा अटोमेशनमा, अनलाइनबाट टिकट काट्न सकिने

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अब पूर्ण रूपमा अटोमेशनमा, अनलाइनबाट टिकट काट्न सकिने



काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो ।

laxmi

अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित एक पत्रकारसम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाइन मार्फत काट्न सकिने बताए । यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी (prithivibus.com.np), पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लिकेशनमार्फत सहजै टिकट काट्न सकिनेछ ।

विगत ५० वर्ष भन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख सहर काठमाडौँ, बुटवल, हेटौडादेखि पूर्वका काँकडभित्ता देखि सुदूरपश्चिमका धनगढी गरी ३० भन्दा बढी सहरमा सेवा दिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाट करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ । पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढी यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL