Logo

होण्डाको दशैंमा दश लाख योजना सार्वजनिक, बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको आकर्षक छुट

होण्डाको दशैंमा दश लाख योजना सार्वजनिक, बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको आकर्षक छुट



काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दशैंमा दश लाख” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

laxmi

त्यस्तै, “चुज इयोर स्किम” अन्र्तगत ग्राहकहरुले १० हजार रुपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नेछन् । साथै १२ हजार ५०० बराबरको ५ वर्षे एमसि प्याकेज पाउन सक्नेछन् । कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले रु. १ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा एक लाख रुपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

यो योजना सीमित अवधिकोलागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL