Logo

टाटा कमर्सियल गाडीहरूका लागि सिप्रदीको सर्भिस अब बागलुङबाट पनि

टाटा कमर्सियल गाडीहरूका लागि सिप्रदीको सर्भिस अब बागलुङबाट पनि



काठमाडौं । टाटा कमर्सियल गाडीहरूलाई सर्वसुलभ र उच्चकोटीको सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले सप्रिदी ट्रेडिङले बागलुङमा आफ्नो २६ औं शाखा सञ्चालनमा ल्याएको छ । चैत्र १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ ।

laxmi

उक्त अवसरमा सप्रिदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त कम्पनीको प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गर्नु भएको बताए ।

ग्राहकको चाहना र आवश्यकतालाई पहिलो प्राथमिकतामा दिएर हालको अवस्थालाई ध्यानमा राखी सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको उनको भनाइ छ । त्यसै गरी टाटा प्रोटेक्ट अन्तर्गतको सेवा तथा सुविधाहरूको माध्यम बाट ग्राहकहरूलाई छिटो सेवा प्रदान गरी गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएकोे उनले बताए ।

सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरूलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरूको सुविधा प्राप्त गरिनेछ । । त्यसको साथै टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशत सम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधाहरू प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरूको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र मर्मत कार्यको ग्यारेन्टी प्रदान गर्नेछ । यदि नभएमा प्रति दिन रु ११०० का दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ । त्यसै गरी एक्सिडेन्टल कार्यहरूको लागि नगद रहित बिमा दाबी सुविधाको साथमा ६० दिन भित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ ।

ग्राहकहरूको गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्नको लागि विविध खालको ए एम सी सुविधाहरू पनि प्रदान गर्ने छ । अफरोड भएका गाडीहरूको लागि टाटा अलर्ट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्ने कम्पनीको भनाइ छ । उक्त वर्कसपको शुभारम्भ सँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकारिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरी नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरू पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL