Logo

हुण्डाईका ईभी खरिद गर्नेले ग्लोबल आईएमई बैंकबाट सजिलै ऋण पाउने

हुण्डाईका ईभी खरिद गर्नेले ग्लोबल आईएमई बैंकबाट सजिलै ऋण पाउने



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (ईभी)का लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

laxmi

ग्लोबल आइएमई बैंकका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापछि ग्राहकहरूले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल आइएमई बैंकमार्फत १२.९९ ब्याजदरमा फाइनान्स गर्न सक्नेछन् । यो योजना अन्तर्गत खरिद गरिएका सवारी साधन ३ दिनभित्रमा उपलब्ध गराइने सम्झौता भएको हो ।

ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डूको मर्जर पूरा गरेपछि चुक्तापुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ । यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लक्ष्मी इन्टरकन्टिनेन्टलको छ ।

ग्राहकहरूले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हुन्डाईको कोना र आइओनिक ५ नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन् । यो सम्झौतासँगै ग्राहकहरूले दुवै विकल्पहरू सजिलै खरिद गर्न सक्नेछन् ।

हुन्डाई मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो ‘भी द चेन्ज’ अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजनाहरू अगाडि बढाएको छ । ग्लोबल आईएमई बैंकसंग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारी प्रेमीहरूलाई सवारी साधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL