Logo

निजी कम्पनीले आईपीओको नतिजा दिन नपाउने, अब यसरी मात्र हेर्न सकिन्छ

निजी कम्पनीले आईपीओको नतिजा दिन नपाउने, अब यसरी मात्र हेर्न सकिन्छ



काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले निजी कम्पनीलाई लगानीकर्ताको डिम्याट नम्बर दिन रोक लगाएको छ ।

laxmi

यस अघि सर्वसाधारलाई जारी गरेको प्राथमिक सेयर (आईपीओ)को नतिजा प्रकाशनका लागि निजी कम्पनी तथा अनलाईन पोर्टलहरुलाई वितरण गर्दै आएकोमा अबका दिनमा त्यसलाई रोक लगाईएको सिडिएससीका सीईओ पूर्ण आचार्यले बताए । यससँगै अबदेखि निजी अनलाईन कम्पनीहरुले आफुखुशी आईपीओको नतिजा राख्न पाउने छैनन् ।

‘यस अघि बिजखबरले धितोपत्र केन्द्रिय निक्षेप तथा नियावलीको जुन बुँदा अनुसार लगानीकर्ताको विवरण निजी कम्पनीलाई दिन पाईदैन भनेर समाचार लेख्नु भएको थियो हामीले पनि सोही बुँदा अनुसार नै आधार बनाएर रोक लगाएको हौं,’ उनले भने, ‘अबका दिनमा सिडिएससी, सम्बन्धित बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको आधिकारीक साईट बाट मात्रै लगानीकर्ताले सेयर परे नपरेको हेर्न सक्नेछन् ।’

यसअघि बिजखबरले ‘गैरकानूनी रुपमा निजी कम्पनीलाई ‘डिम्याट’ नम्बर वितरण गर्दै सिडिएससी, लाखौं लगानीकर्ताको पोर्टफोलियो जोखिममा’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा ‘धितोपत्र केन्द्रिय निक्षेप सेवा नियामावली २०६८ को बुँदा ४७ अनुसार’ पनि कुनै पनि लगानीकर्ताको डिम्याट खातालगायतका विवरण गोप्य राख्नुपर्ने उल्लेख छ ।

सिडिएससीका कर्मचारी, निक्षेप सदस्य तथा निष्काशनकर्ता संगठित सदस्य वा रजिष्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारी सम्बन्धमा कानूनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्ने प्रावधान छ ।

तर, यस अघि सिडिएससी तथा बिक्री प्रबन्धकले कानूनविपरित आईपीओको नजिता उपलब्ध गराउने नाममा लगानीकर्ताको डिम्याट खातालगायत सम्पूर्ण विवरण निजी कम्पनीलाई उपलब्ध गराउँदै आएको थियो ।

‘हामीले अबका दिनमा मेरो सेयरको साईटबाटै लगानीकर्ताले आईपीओ परे नपरेको थाहा पाउन सक्छन्,’ उनले भने, ‘भोलि बाँडफाँड हुने महिना लघुवित्तको सेयरको नतिजा मेरो सेयरको प्लेटफर्मबाट हेर्न सक्दैनन्, त्यसका लागि हामीले छुट्टै प्लेटफर्म बनाउँदै छौं आगामी दिनमा बाँडफाँड हुने आईपीओ मेरो सेयरबाटै हेर्न पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL