Logo

नेप्सेमा सामान्य गिरावट, कारोवार रकम बढ्यो

नेप्सेमा सामान्य गिरावट, कारोवार रकम बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य घटेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १ दशमलव ६२ प्रतिशतले घट्दै १ हजार ९० दशमलव ६८ अंकमा झरेको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ४० अंकभन्दा बढीले घटेको छ । त्यसैगरी बैंकिङ् समुह ३ अंकले घटेको छ । बजारमा होटल र फाइनान्स समुह पनि ओरालो लागेको छ ।

विहीबार विकास बैंक, जलविद्युत र अन्य समुहको परिसुचक भने उकालो लागेका छन् ।

दिनभर कुल ९८ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको २२ करोड ३३ लाख रुपैयाँ बरावरको ३ लाख ७४ हजार कित्ता सेयर कारोवार भएको छ । बुधबार १६ करोड रुपैयाँको मात्र सेयर करोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL