Logo

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २ करोड कित्ता आईपीओ निष्काशन गर्दै, बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २ करोड कित्ता आईपीओ निष्काशन गर्दै, बिक्रीप्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्रीप्रबन्धक नियुक्त गरेको छ । दाङ जिल्लामा अवस्थित उक्त कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

उक्त सम्झौतामा निपेश तायल (प्रबन्धक सञ्चालक, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड), मेख बहादुर थापा (नायव प्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड) रसचिन्द्र ढुंगाना (सहायक महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गरेका हुन् । कम्पनीले २ करोड कित्ता सेयर स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL