Logo

९ महिनापछि संचालनमा आयो मनकामना केबलबार, एक घण्टामै १ हजारले गरे यात्रा

९ महिनापछि संचालनमा आयो मनकामना केबलबार, एक घण्टामै १ हजारले गरे यात्रा



काठमाडौं । कोरोना भाईरसका कारण ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबार (आज) देखि केबलकार संचालनमा आएको हो ।

laxmi

विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा १ घण्टाकै अबधिमा १ हजार यात्रुले उक्त केबलबार चढेको मनकामना केवलकारका संचालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । ‘कोरोनाका कारण लामो समदेखि बन्द रहेको केबलकार संचालनमा ल्याउँदा हामीले सोचेभन्दा बढी यात्रुहरु आउनुभएको छ,’ उनले भने, ‘केवलकार बन्द रहँदा मनकामना देवीको दर्शन गर्न जाने यात्रुहरु रोकिएकाले पनि अहिले केबलकार संचालनमा ल्याउँदा यात्रुहरुको भीड लागेको हो ।’

श्रेष्ठका अनुसार कोरोनाका कारण केबलकारमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर संचालनमा ल्याइएको छ । जसअन्तर्गत केबुलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाईनमा बस्दा भौतिक दुरी, हात धुने व्यवस्था आदी मिलाईएको छ ।

कोरोना पछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालनमा ल्याइने छ । तर शनिबारको दिन दर्शनार्थीहरुको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने समेत संचालक श्रेष्ठले जानकारी दिए । तर बलीका लागि पशु ढुवानीको व्यवस्था भने अस्थायी रुपमा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL