Logo

एकैदिन ८ सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँ बृद्धि

एकैदिन ८ सयले बढ्यो सुन, चाँदीमा १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

स्थानीय बजारमा सुनको मुल्य एकैदिन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । चाडवाड नजिकिँदै जादा सुनको भाउ बढ्ने क्रम शुरु भएको छ ।

अघिल्लो दिन प्रतितोला ५० हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको सुन बुधकार बढेर ५१ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लामो सयमदेखि स्थिर रहेको चाँदीको मुल्य पनि बुधबार बढेको छ । बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL