Logo

रन शुजले ल्यायो दशैतिहार योजना, १० जनालाई १० लाख उपहार

रन शुजले ल्यायो दशैतिहार योजना, १० जनालाई १० लाख उपहार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ असोज, काठमाडौं । रन शुजले ‘साँवा भन्दा व्याज ठुलो रिलोडेड’ योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशै र तिहारको अवसर पारेर उपहार योजना ल्याएको हो ।

कम्पनीले अघिल्लो वर्ष पनि यस्तै खालको योजना ल्याएको थियो । सोही योेजनालाई निरन्तरता दिएको कम्पनीले जानकारी दिएको छ । यस उपहार योजनालाई उपभोक्ताले अत्यन्त रुचाएको तथा यो योजनाले कम्पनीको बिक्रि वितरणमा समेत उल्लेख्य भुमिका खेलेको हुँदा यसै उपहार योजनालाई निरन्तरता दिइएको हो । यो उपहार योजना कम्पनीको उत्कृष्ट उत्पादन रन नामक ब्राण्डमा राखिएको छ ।

shoes

 

यस उपहार योजना अन्तरगत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । स्क्रयाच कुपन मार्फत योजना अवधिभरमा १० जना उपभोक्ताले जनही १ लाख नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत स्क्रयाचमा न्युनतम रु ५० देखि अधिकतम १ लाखसम्म राखिएको छ । यसैगरी, जुत्ता खरिदमा ५ प्रतिशत देखि १ सय प्रतिशतसम्म छुट दिइने छ । ।

यस उपहार योजनामा सहभागी सबै ग्राहकले अनिवार्य रुपमा हात खालि नजाने उपहार प्राप्त गर्नेे छन् । उपहार प्रवद्र्धनका निमित्त यस योजनालाई साँवा भन्दा ब्याज ठुलो, रन शुज बिना खुट्टा लुलो र १० जनालाई १० लाख भन्ने नारा दिएको छ । यो उपहार योजना तिहारसम्म मात्र लागु हुने छ ।

कम्पनीले शुरुमा पार्टी, स्पोर्ट, क्याजुअल, स्कुल तथा कलेज सुजहरु बनाउन सुरुगरेको थियो । हाल त्यसका साथै, सुरक्षा कर्मिका बुटहरु, होटल, कलकारखानामा लगाउन बुटदेखि सम्पूर्ण खाले जुत्ताहरु उत्पादन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL