Logo

सरकारले रद्द गर्यो बिवादित ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता, राखियो कालो सूचीमा, बिहीबार नयाँ टेण्डर

सरकारले रद्द गर्यो बिवादित ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता, राखियो कालो सूचीमा, बिहीबार नयाँ टेण्डर



काठमाडौं । सरकारले ओम्नी समुहसँग गरेको स्वास्थ्य उपकरण सम्झौता रद्द गरेको छ । तोकिएको सयमा ओम्नीले कोरोना जाँच गर्ने किट तथा रोकथामका उपकरण ल्याउन नसकेपछि उक्त सम्झौता नै रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशन महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सरकारले यहि चैत १४ गते ओम्नी समुहसँग द्वूतमार्गबाट कोरोना राकथामका स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो । जस अनुरुप ओम्नीले पहिलो चरणको स्वास्थ्य सामग्री ल्याइसकेको छ । तर, पहिलो चरणमा पनि तोकिए अनुरुपको सामान नल्याएको र दोस्रो चरणको सामग्री बिहीबारसम्ममा आईपुग्नु पर्नेमा हालसम्म कुनै अग्रसरता नदेखाएकाले ओम्नीसँगको सम्झौता रद्द गरी नयाँ आब्हान गरिएको समेत श्रेष्ठले जानकारी दिए ।

सरकारले विना प्रतिस्पर्धा ओम्नीसँग महङ्गो दरमा सामान गरिद गर्न सम्झौता गरेको भन्दै चौतर्फी विवाद भएको थियो । तर, स्वास्थ्य उपकरण ल्याउनका लागि सम्झौता गरेको ओम्नीले पहिलो चरणमैे चरणमा ल्याउनुपर्ने मेडिकले उपकरण तथा औषधि ल्याउन नसकेपछि उक्त समुहसँगको सम्झौता रद्ध गनुपरेको श्रेष्ठले जानकारी दिए ।

सरकारले ओम्नीसँगैका सम्झौता खारेजसँगै धरौटी रकम समेत जफत गर्ने भएको छ । उक्त समुहको धरौटीवापतको ५ करोड रुपैयाँ जफत गरी कालोसुचिमा समेत राखेको जानकारी दिएको छ ।

महानिर्देशक श्रेष्ठले उक्त सम्झौता रद्ध गरेपश्चात नयाँ टेण्डर भोली अर्थात बिहीबार नै आह्वान गरिने बताए । भोली सुचना जारी गर्ने र टेण्डर आह्वान गरेको ५ दिनभित्रै उपकरण तथा औषधि ल्याउनेगरी सम्झौता गरिने उनले बताए । उक्त टेन्डरमा इच्छुक सबैले आवेदन दिन सकिने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL