Logo

खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अनलाईनबाटै पैसा पठाउन सकिने

खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अनलाईनबाटै पैसा पठाउन सकिने



काठमाडौं । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले एक कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

laxmi

सम्झौता अनुसार खल्ती एप तथा तथा वेबसाईटमा रहेको रेमिटान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन । पैसा पठाईसकेपछि रकम प्राप्त गर्नेले एसएमएसमार्फत पिनकोड प्राप्त गर्न सक्नेछन । सोही पिनकोडमार्फत रकम प्राप्त गर्नेले तोकिएको एजेन्ट कार्यालयमा गई उक्त पिन देखाएर पैसा निकाल्न सक्नेछन ।

यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिटान्स एजेन्टमार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न पाउने भएका छन । खल्तीका निर्देशक अग्रवालले भने, ‘हामी सिटी एक्सप्रेससँग यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र देशैभरी रहेका सिटी एक्सप्रेसका सम्पूर्ण एजेन्टमार्फत भुक्तानी लिने सेवा प्रदान गर्न पाउँदा उत्साहित भएका छौं ।’

त्यस्तै, सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक टण्डनले भने, ‘वालेट एपबाटै पैसा पठाउने र एजेन्टमार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो । आन्तरिक मनी ट्रान्सफर सेवासँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL