Logo

विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम, बिक्री देखि मर्मत सम्म गरिने

विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम, बिक्री देखि मर्मत सम्म गरिने



काठमाडौं । अग्नि ग्रुपले विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको शोरुम विस्तार गरेको छ । कम्पनीले सो क्षेत्रका लागि स्थापना गरेको उक्त शोरुममा नयाँ बिक्री, सेवा र पार्टपुर्जालगायतका सेवा प्रदान गर्ने छ ।

अग्नि इंक.का निर्देशक क्याबिनेट श्रेष्ठ, नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तरराष्ट्रिय कार्य संञ्चालन तर्फकी वरिष्ठ बजार व्यवस्थापक आकांक्षा वंशललगायतले उक्त शोरुमको उद्घाटन गरेका थिए ।

अग्नि इंक.को ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्यका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ ।

शोरुममा ‘थ्री एस सेटअप’ अन्तरगत महिन्द्रा ट्रयाक्टरका सबै उत्पादनहरू युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदिमा बिक्री, सेवा तथा मर्मतका सामग्रीहरु उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL