Logo

बससेवा डटकमको नयाँ योजना सार्वजनिक, दैनिक ५ जनालाई निःशुल्क टिकट

बससेवा डटकमको नयाँ योजना सार्वजनिक, दैनिक ५ जनालाई निःशुल्क टिकट



काठमाडौं । अनलाइन टिकेटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले ‘निशुल्क बस यात्रा गर्न सकिने अफर’ सार्बजनिक गरेको छ । डटकमले अंग्रेजी वर्ष २०१९ को अबसरमा उक्त अफर ल्याएको हो ।

योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निुशल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरीनेछ र उनीहरूलाई क्यासब्याक गरिनेछ ।

‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तरराष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुने भएकाले छुट योजना संचालनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताएका छन ।

यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ । अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

यात्रुहरूले बससेवा डटकम, बससेवा मोबाईल एप्स्, इसेवा अकाउण्ट मार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोनबाट टिकट खरिद गर्न सक्नेछन ।

यो योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिख २०१९ सम्म उक्त अफर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL