Logo

मोवाइल महोत्सवमा ५ करोडको कारोवार , स्मार्टफोनको विक्री बढी

मोवाइल महोत्सवमा ५ करोडको कारोवार , स्मार्टफोनको विक्री बढी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
३ फागुन,काठमाडौं । सामसुङ मोवाइल महोत्सवमा ५ करोड भन्दा बढीको कारोवार भएको छ । काठमाडौंको ताम्राकार कम्प्लेक्समा जारी मेलाको तेस्रो दिनसम्म ४ हजार भन्दा बढी मोवाइल विक्री भएको बताइएको छ ।

यस महोत्सवको ८० हजार भन्दा बढि ग्राहकहरुले अवलोकन गरेको बताइएको छ । महोत्सवमा विभिन्न राजनीतिक दलका नेताहरु, सभासद, अभिनेता, अभिनेतृलगायतका प्रतिष्ठित व्यक्तिहरुले दैनिक भ्रमण तथा मोबाइल खरिद गरिसकेका छन् ।

अधिकांश ग्राहकहरुले स्मार्टफोन खरिद गर्ने गरको आयोजकले जानकारी दिएको छ । त्यस्तै मोबाइल एक्सचेन्ज गर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा रहेको ताम्राकार कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण महर्जनले बताए । महोत्सवको अवधिभर सामसुङ मोबाइलले एक्सपेरियनस टेबलको व्यवस्था गरेको छ ।
महोत्सव ७ गतेसम्म चल्ने छ ।

महोत्सवमा मोबाईल तथा अन्य सामानहरुको खरिदमा ५ देखि ५० प्रतिशतसम्म क्यासब्याक अफर मार्फत छुट दिईएको छ । हरेक दिन गरिने लक्की ड्रमा ३० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई उपहार दिने तथा हरेक दिनका ग्राहकहरुको विवरणराखि बम्पर उपहार दिइने महोत्सवका संयोजक कृष्ण प्रसाद कर्माचार्यले जानकारी दिए । ताम्राकार कम्प्लेक्सद्धारा बम्पर उपहार अन्तरगत अन्तिम दिन ८० हजार रुपैंया बराबरको स्मार्टफोन ग्राहकलाई दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL