Logo

नेपाल लाइफमा नपरेको पैसा आजबाट फिर्ता, १४ वित्तीय संस्थाको खातामै आउने

नेपाल लाइफमा नपरेको पैसा आजबाट फिर्ता, १४ वित्तीय संस्थाको खातामै आउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले आजबाट पैसा फिर्ता गर्न शुरु गरेको छ । नेपाल लाइफको एफपीओ नपरेको पैसा आजदेखि विभिन्न १४ वटा बैंक तथा सेयर आवेदन दिएको ठाउँबाट फिर्ता गर्न लागेको हो ।

नेपाल लाइफको विक्री प्रवन्धक सिदार्थ क्यापिटलले माच्छापुच्छे बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एनसीसी बैकलगायत १४ वटा बैंक तथा वित्तीय संस्थाको खातामै रकम पठाउने भएको छ । तर त्यस वाहेक अन्य बैंक तथा वित्तीय संस्थाको भने चेकबाट फिर्ता गर्ने जानकारी दिएको छ । उनीहरुलाई आफुले सेयर आवेदन दिएको ठाउँमा जान आग्रह गरेको छ ।

बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा खाता उल्लेख गरेका लगानीकर्तालाई भने चेकबाटै रकम फिर्ता दिइनेछ । सिद्धार्थ क्यापिटलले गत शुक्रबार नेपाल लाइफको सेयर बाँडफाँड गरेको थियो ।
नेपाल लाईफको एफपीओमा १७० कित्ता देखि १८० कित्ता सम्म आवेदन दिने सबैले १० कित्ताका दरले सेयर पाएका थिए । १० कित्तादेखि १६० कित्तासम्म गोला प्रथबाट सेयर बाँडिएको थियो । यसमा सवैभन्दा बढी ३० हजार ९६० कित्ता आवेदन दिनेले १७ सय ४१ कित्ता सेयर पाएका छन् ।

नेपाल लाइफमा नपरेको पैसा फिर्ता भएसँगै बजारमा झण्डै ५० अर्ब रुपैयाँ रकम आउने छ ।

खातामै पैसा आउने वित्तीय संस्थाहरु

nlic_cash_refund

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL