काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवा प्रवर्धनलाई लक्षित गर्दै तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ।
उक्त विशेष सेवा शिविर २०८१ साल जेठ २७ गतेदेखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस केन्द्रमा सञ्चालन हुनेछ। काठमाडौं उपत्यकाभित्रका ललितपुर, भक्तपुर र काठमाडौं क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरिने क्याम्पमार्फत सेवा र सुरक्षाको सुनिश्चितता थप बलियो बनाउने कम्पनीको उद्देश्य रहेको जनाएको छ।
क्याम्प अन्तर्गत सन् २०५८ देखि २०७१ सम्मका मोडल भएका कम्पनीद्वारा तोकिएका गाडीहरूमा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ। साथै, ग्राहकहरूलाई विभिन्न सेवा सुविधामा विशेष छुट समेत प्रदान गरिनेछ।
सेवा छुटहरू अन्तर्गत श्रम शुल्कमा दश प्रतिशत, गाडीका पार्टपुर्जामा सात प्रतिशत, लुब्रिकेन्टमा पाँच प्रतिशत, हावाप्रवाह प्रणाली पुनः भर्ने सेवामा बीस प्रतिशत र गाडीको डेन्ट तथा रङ्ग गर्ने सेवामा दश प्रतिशत छुट दिइनेछ। साथै सर्भिस स्क्यान सेवा पनि निःशुल्क उपलब्ध गराइनेछ।
स्याकार ट्रेडिङ्ग कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सेवा सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले सम्पूर्ण होण्डा ग्राहकहरूलाई उक्त अवसरको भरपूर लाभ लिन अनुरोध गरेको छ।