काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको सुनको भाउ बिहीवार पनि बढेको छ । आज सुनको भाउ प्रतितोला ५३ हजार ५ सय पुगेको छ । यो बुधवारको भन्दा ३ सयले बढी हो ।
बुधवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५२ हजार २ सय तोकिएको छ । त्यस्तै आज चाँदीके भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
चाँदीको भाउ तोलाको ५ रुपैयाँले बढी ७ सय ८० मा किनबेच भएको छ ।