Logo

राजधानीमा १ माघदेखी पोर्क महोत्सव, बंगुरपालनलाई व्यवसायिक रुपमा अघि बढाइने

राजधानीमा १ माघदेखी पोर्क महोत्सव, बंगुरपालनलाई व्यवसायिक रुपमा अघि बढाइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ पुस, काठमाडौं । माघ १ गतेदेखि काठमाडौंमा बंगुर महोत्सव हुने भएको छ । बंगुर व्यवसायी संघ, नेपालको आयोजनामा १ माघदेखी राजधानीको भृकुटीमण्डपमा ‘पोर्क महोत्सव तथा दोस्रो बंगुरपालन व्यवसाय राष्ट्रिय कार्यशाला गोष्ठी’ हुन लागेको हो ।

भृकटीमण्डपमा ३ दिनसम्म चल्ने मेलाले मुलुकको बंगुरपालन, बंगुरजन्य व्यवसाय तथा पोर्कको बजारीकरण प्रवद्र्धन गर्ने उदेश्य राखिएको छ र्। महोत्सव र कार्यशालाबाट मुलुकमा बंगुरपालनलाई व्यावसायिक रुपमा अगाडी बढाउन मद्दत मिल्ने संघका अध्यक्ष्ँ उमेशकुमार राइले बताए । ‘हामीले मेला आयोजनबाट व्यवसायिक बंगुरपालनमा टेवा पुग्ने र आम नागरिकलाई बंगुरपालनको अवस्थाबारे जानकारी दिने उदेश्य राखेका छौं,’ उनले भने, ‘मुलुकको जुनसुकै क्षेत्रमा बंगुरपालन गर्न सकिने भएपनि व्यवसायिकतामा कमी देखिएको छ ।’

नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक प्रदिप महर्जनले बंगुरपालनलाई व्यावसायिक रुपमा अघि बढाउनुपर्ने बताए । ‘बंगुरको मासुको खपत दिनदिनै बढ्दै गएको अवस्थामा व्यवासायिक पालनतर्फ अघि बढ्नु जरुरी छ,’ उनले भने ।

संघका महासचिव डिल्ली पौडेलले पहिलो पटक आयोजना भएको महोत्सवमा बंगुरको मासुका विभिन्न परिकारको स्वाद लिन सकिने बताए । मेलामा त्यस्तै १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा राखेको आयोजकले जानकारी दिएको छ ।

मुलुकभर ८५ हजार घरपरिवार बंगुरपालनमा रहेको सरकारी तथ्यांक छ । त्यसमध्ये १० प्रतिशत मात्रै व्यावसायिक बंगुर पालनमा रहेको महोत्सव मूल व्यवस्थापन समितिका सदस्य सचिव डा. प्रदिपचन्द्र भट्टराइले जानकारी दिए । उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र, पशु सेवा विभाग, प्याक्ट, नार्कलगायत ंसंस्थानको सहकार्यमा महोत्सव हुन लागेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL