Logo

३ दिन उकालो लागेको नेप्सेमा चौथो दिन गिरावट, कारोबार रकम पनि घट्यो

३ दिन उकालो लागेको नेप्सेमा चौथो दिन गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । यो साताको ३ दिन लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पुनः ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से अन्तिम समयमा ९.५४ अंकले घटेर २०१७ को विन्दुमा सीमित भएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका ८४ लाख ९० हजार ७ सय २२ कित्ता सेयर किनबेच हुँदा कारोकार रकम ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँमा सीमित भएको छ । मंगलबार कारोबार रकम ४ अर्ब नाघेको थियो ।

आज १ सय ७२ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ६५ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यका सकारात्मक सर्किट लागेको छ । आज पिपुल्स पावर लिमिटेडको सेयर सबैभन्दा बढी ११ करोड ८९ लाख ९५ हजार बराबरको हुँदा नेपाल फाइनान्स लिमिटेडको १० करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।

आज कारोबारमा आएकामध्ये उत्पादनमुलक, म्युचअल फण्ड र व्यापार समुहबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL