Logo

नेप्से साढे ३ अंकले बढ्यो, कारोवार रकम भने घट्यो

नेप्से साढे ३ अंकले बढ्यो, कारोवार रकम भने घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ पुस, काठमाडौं । सोमबार नेप्से परिसुचक ३ दशमलव ५१ अंकले बढेको छ । बजार खुलेपछि शुरुमा ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेको हो । सोमबार नेप्से परिसुचक ९ सय ७ दशमलव २३ अंकमा पुगेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ३१ दशमलव २३ अंकले बढेको छ । त्यसबाहेक बजारमा अन्य समुहका परिसुचक धेरै अंकले बढेका छैनन् । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १ दशमलव ८९ अंकले मात्र बढेको छ । सोमबार बजारमा फाइनान्स र बीमा समुहका परिसुचक भने सामान्य ओरालो लागेको छ ।

सोमबार बजारमा कुल २२ करोड ६३ लाख रुपैयाँ बराबरको ६ लाख १० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL