Logo

आईएफबिको नयाँ रेफ्रिजरेटर नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

आईएफबिको नयाँ रेफ्रिजरेटर नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । घरायसी सामानहरुमा ब्रान्ड आईएफबिले नेपालमा पहिलो पटक आफ्नो उन्नत रेफ्रिजरेटरहरू बजारमा ल्याएको छ । नेपालमा आईएफबि होम अप्लाइन्सेसको आधिकारिक वितरक द सागतानी एक्जिम प्रालिले याडिसन होटलमा गरिएको औपचारिक शुभारम्भ कार्यक्रममा नयाँ मोडलका फ्रिजहरु सार्वजनिक गरेको हो ।

laxmi

लन्च गरिएका मोडलहरू (एफआई) फ्रोस्ट फ्री र डाइरेक्ट (डिसी) कूल गरी दुई किसिमका छन् । नयाँ मोडलका फ्रिजहरु ३२ हजार ९ सय देखि ७२ हजार ९ सय रुपैयाँसम्मका छन् । फ्रिजहरुमा कपर–इन्फ्युज्ड डुअल कन्ट्रोल टेक्नोलोजी, ३६० डिग्री सराउण्ड कुलिङ ७–इन १ कन्भर्टेबल, डोर अलार्म, एप बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर स्मार्ट कन्ट्रोल प्यानल र एन्टी ब्याक्टेरियल जस्ता अत्याधुनिक सुविधाहरू छन् ।

ग्यास्केट रेफ्रिजरेटरहरूमा कडा ग्लास सेल्फहरू, एल्युमिनियम इन्फ्युज्ड आइस ट्रे र अन्य धेरै फरक उच्च गुणस्तरका सामग्रीहरु समावेश छन् । फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी र १ वर्षभरी सेवा सुविधा । लन्च कार्यक्रम पछी सोही साँझ एक डिलर भेटघाट कार्यक्रमको पनि आयोजना गरिएको थियो । यस कार्यक्रममा नेपालभरबाट २०० भन्दा बढी डिलरहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL