Logo

आइतबार नेप्से ७ अंकले घट्यो, कारोवार रकम पनि कम

आइतबार नेप्से ७ अंकले घट्यो, कारोवार रकम पनि कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्ततः ७ दशमलव २८ अंकले घटेको छ । गत हप्ताको अन्तिम दिन साढे ३ अंकले बढेर ९ सय ३ दशमलव ८९ अंकमा पुगेको नेप्से परिसुचक आइतबार पुनः घटेर ८ सय ९६ दशमलव ९१ बिन्दुमा आइपुगेको छ ।

आइतबार बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको  परिसुचक १८ दशमलव ३९ अंकले घटेको छ । यसैगरी बैंकिङ समुहपनि १० अंकले घटेको छ । बजारमा बैंकिङ समुह उच्च रुपमा घटेपनि समग्र नेप्स परिसुचक पनि ओरालो लागेको हो । आइतबार बजारमा सवै समुहका परिसुचक सामान्य रुपमा घटेका छन् ।

बजामार कारोवार रकम पनि घटेको छ । आइतबार बजारमा कुल १३ करोड ८४ लाख रुपैयाँको ३  लाख ६८ हजार कित्ता सेयर मात्र करोवार भएको छ । यता नेपाल बैंकर संघका अध्यक्ष उपेन्द्र पौडेल भने देशमा राजनीतिक स्थायीत्व नभएका कारण बजारमा दिनहुजसो नेप्से परिसुचक घटबढ भइरहेको बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL