Logo

आइएमई पे को नयाँ अफर ‘१ को खेल’ सार्वजनिक, विजेताले सामसंग ए-१४ पाउने

आइएमई पे को नयाँ अफर ‘१ को खेल’ सार्वजनिक, विजेताले सामसंग ए-१४ पाउने



काठमाडौं । आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गते देखि जेठ १७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

laxmi

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्ने कम्पनीले जानकारी दिएको छ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL