Logo

महासंघमा दुई समिति गठन, स्थायी समितिमा ढकाल र सदस्यतामा गोल्छा

महासंघमा दुई समिति गठन, स्थायी समितिमा ढकाल र सदस्यतामा गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन गरेको छ । महासंघको विद्यमान विधानको अनुरुप आज दुई समिति गठन गरेको हो ।

laxmi

जसअनुसार महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा स्थायी समिति र निवर्तमान अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सदस्यता समिति गठन गरेको हो ।

अध्यक्ष ढकालको नेतृत्वमा गठित स्थायी समितिका सदस्यहरूमा महासंघका निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, कोषाध्यक्ष, प्रदेश महासंघमा निर्वाचित अध्यक्षहरू रहेका छन् ।

त्यसैगरी सदस्यता समितिका सदस्यहरूमा महासंघका तीन जना उपाध्यक्षहरूलाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL