Logo

नेपाली पात्रो र राष्ट्रिय पञ्चाङ्गबीच सम्झौता, अब नेपाली पात्रोमा तोयानाथ पात्रो पनि उपलब्ध

नेपाली पात्रो र राष्ट्रिय पञ्चाङ्गबीच सम्झौता, अब नेपाली पात्रोमा तोयानाथ पात्रो पनि उपलब्ध



काठमाडौं । नेपाली पात्रो र राष्ट्रिय पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ । प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वास दिलाउनलाई दुई निकायबीच सम्झौता भएको हो ।

laxmi

उक्त सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिने नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले बताए ।

पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसंग आधूनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव रहेको उनको भनाई छ । शताब्दीअघि उनीहरुसँग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL