Logo

आइएमई पे को ‘५ को ५’ अफर, ईयरबड्स र १ हजार जित्ने मौका

आइएमई पे को ‘५ को ५’ अफर, ईयरबड्स र १ हजार जित्ने मौका



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

कम्पनीले चैत्र १ देखि १५ गते सम्म चल्ने गरी सामसुंग ग्यालेक्सी बड्स वा १ हजार रुपैयाँ जित्ने मौकासहित उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ग्राहकहरुले विभिन्न माध्यम, जस्तै लिन्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरुले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् । यस्तै हरेक दिन कम्तिमा १ पटक सोहि माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताल १ हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् । सो रकम विजेताको वालेटमा लोड हुनेछ ।

यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL