Logo

ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनलाई कारबाही, १ महिनामा साढे ३ लाख जरिवाना असुल

ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनलाई कारबाही, १ महिनामा साढे ३ लाख जरिवाना असुल



काठमाडौं । गएको मंसिर महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ४ सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । यातायात व्यवस्था विभागका अनुसार १ सय १ जनाको ब्लुबुक र ३ सय ५५ जनाको लाइसेन्स नियन्त्रणमा लिएर मंसिर महिनामा कारबाही गरिएको हो ।

laxmi

यस्तै कारबाहीमा परेका सवारीसाधनबाट सरकारले मंसिर महिनाभरी ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ जरिवानासमेत असुल उपर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL