मेगा बैंकले १२ प्रतिशत बोनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै


रामराजा श्रेष्ठ
11 December, 2014 4:47 am

बिजखबर संवाददाता । मेगा बैंक लिमिटेडले १२ प्रतिशत बोनस सेयर दिने भएको छल । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले आप्mना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

FoneLoan-250x250
yamaha

यस्तै बोनस सेयरका लागि लाग्ने कर रकमका लागि शुन्य दशमलव ६३ प्रतिशत रकम नगद लाभांश दिने समेत बैक छुट्टाएको बैंकले जनाएको छ ।

समितिले बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि पारित गर्नका लागि पुसमा हुने साधारसभामा पेश गरिने बैंक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्