Logo

नेपाली जुत्ता घरको ‘फुटवेयर बिजनेश एक्स्पो’ शुरु, १० देखि ७० प्रतिशतसम्म छुट

नेपाली जुत्ता घरको ‘फुटवेयर बिजनेश एक्स्पो’ शुरु, १० देखि ७० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘फुटवेयर बिजनेश एक्स्पो–२०१६’ शुरु भएको छ । नेपाली जुत्ताका पारखीहरुलाई लक्षित गरी विशेष छुटका साथ एक्स्पो आयोजना गरिएको आयोजक नेपाली जुत्ता घरले जानकारी दिएको छ । मेलामा न्युनतम १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष मुरारकाले पछिल्लो समय सरकार र आन्दोलनकारी दुवै असम्वेदनशील तथा अराजक हुँदै गएको आराप लगाएका थिए । ‘पछिल्लो समय तराइ क्षेत्रमा राज्यको उपस्थिती नै छैन,’ नेपाली जुत्ता घरद्वारा आयोजित बिजनेश एक्स्पोको उद्घाटन कार्यक्रममा उनले भने, ‘हाल राजधानीमा पनि व्यवसायीमाथी आक्रमण हुने क्रम बढेको छ ।’ यसले गर्दा व्यवसायीहरु धेरै नै हतोत्साहित भएको उनको भनाइ थियो ।

5th big sale
अध्यक्ष मुरारकारले यस्तो वेलामा पनि नेपाली जुत्ता घरले जुत्ता तथा चप्पलको बिजनेश एक्स्पो गर्नु एकदमै सराहनीय काम भएको बताए । ‘हाल उद्योगीहरु व्यवसायको नाम लिने वित्तिकै तर्सने अवस्थामा छन्,’ उनले भने, ‘तर नेपाली जुत्ता घरले हिम्मत गरेर मेला आयोजना गरेको छ ।’

जुत्ता घरले आयोजना गरेको मेलामा विशेष छुटको व्यवस्था गरिएको जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाइले जानकारी दिए । ‘हामीले ग्राहकलाई एकै थलोबाट विशेष छुट सहित जुत्ता उपलब्ध गराउने उद्देश्य अनुरुप यो एक्स्पो आयोजना गरेका हौं,’ उनले भने । मेलामा नेपालका उत्कृष्ट ब्राण्डका जुत्ता तथा चप्पल रहेको समेत आयोजकले जानकारी दिएको छ ।

जुत्ता घरका अनुसार मेलामा शिखर शु, स्काई शु, कोेसेली शु, बीएफ डिएर हिल, क्रस रोड, शुल्याण्ड, फुटल्याण्ड, इजी शु, टाकुरा र लेदरबीङ्स कम्पनीका जुत्ता तथा चप्पलहरु उपलब्ध छन् ।

कार्यक्रममा फुटवयर म्यानफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष रविन कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार फुँयाल, नेपाली जुत्ता घरका सञ्चालक मनोज कुमार श्रेष्ठ लगायतले जुत्ता उद्योगको विकासका लागि कच्चा पदार्थ र तयारी समानका बिचमा १५ प्रतिशतको भन्सार थ्रेस होल्ड राख्नु पर्ने बताएका थिए ।

नेपाली जुत्ता घर स्थापना भएको ३ वर्षको अवधीमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै थप ४ वटा शाखा बिस्तार गर्न सफल भएको छ । राष्ट्रिय नाचघर जमलमा मुख्य शोरुम, र शाखाहरु क्रमशः महाराजगञ्ज चक्रपथ, ललितपुर कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्ध मल बालाजुमा शाखा खोलिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL