Logo

जलविद्युत आयोजनाले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न नपाउने, नयाँ आयोजना बनाउनका लागि राखियो सर्तनै सर्त (निर्देशिका सहित)

जलविद्युत आयोजनाले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न नपाउने, नयाँ आयोजना बनाउनका लागि राखियो सर्तनै सर्त (निर्देशिका सहित)



काठमाडौं । जलविद्युत कम्पनीहरुले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर निष्काशन गर्न नपाउने भएका छन् । पछिल्लो समय जलविद्युत कम्पनीहरुले बैंकको ऋण तिर्न हकप्रद सेयर निष्काश गर्न होडबाजी चलिरहेको बेला नियामक निकाय विद्युत नियमन आयोगले ‘विद्युत सम्बन्धी कम्पनीको सेयरका सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

laxmi

अबका दिनमा कुनै पनि कम्पनीले हकप्रद सेयर निष्काशनका लागि कम्पनी स्वयम नै प्रवद्र्धित ५१ प्रतिशतभन्दा बढि सेयर लगानी गरेको आयोजना निर्माण तथा २५ प्रतिशतभन्दा बढि भौतिक प्रगति भएको अन्य कम्पनीमा लगानी गर्नका लागि मात्रै हकप्रद सेयर निष्काशन गर्न पाउने छ । ‘अनुमतिपत्र प्राप्त कम्पनीले आफु मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत वा सो भन्दा बढी सेयर रहने गरी आफ्नो मातहतको आयोजनामा वा आफ्नो सहायक कम्पनीको आयोजनामा वा नयाँ सहायक कम्पनी स्थापना गरी आयोजना निर्माणको लागि संस्थागत लगानी गर्न हकप्रद सेयर निष्काशन गर्न सक्नेछ,’ आयोगद्वारा जारी निर्देशिकामा भनिएको छ,’ ‘आफुु मुख्य कम्पनीको हैसियत हुने बाहेकका अन्य अनुपतिपत्र प्राप्त कम्पनीले निर्माण गरिरहेको वा गर्न गईरहेको आयोजनामा ५० प्रतिशत भन्दा कम सेयर लगानी गर्ने प्रयोजनका लागी हकप्रद सेयरको निष्काशन गर्न सक्नेछ तर त्यसरी सेयर निष्काशन गर्दा उक्त आयोजना निर्माणको भौतिक प्रगति २५ प्रतिशत भन्दा बढी भएको हुनु पर्नेछ ।’

यसैगरी कुनै कम्पनीले ५१ प्रतिशतभन्दा बढि सेयर ग्रहण गरेर नयाँ आयोजना बनाउनु परेको अवस्थामा नयाँ बन्ने कम्पनीको मुख्य कम्पनीले आफ्नो आयोजनाको विद्युतको व्यापारिक उत्पादन सुरु गरेको हुनुपर्ने, आयोजनाको विद्युत खरिदबिक्री सम्झौता भएको हुनुपर्ने, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएको हुनुपर्ने, आयोजनाको विद्युत उत्पादन अनुमति पत्र प्राप्त भएको हुनुपर्नेलगायतका सर्तहरु राखिएको छ । यसैगरी अबका दिनमा एउटा जलविद्युत कम्पनीले १ः२ को अनुपातभन्दा बढि हकप्रद सेयर निष्काशन समेत गर्न नपाउने उक्त निर्देशिकामा उल्लेख छ ।

यसैगरी अबका दिनमा कुनै पनि जलविद्युत कम्पनीले बढिमा २ सय प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न पाउने विद्युत नियमन आयोगका सचिव नुतन प्रकाश शर्माले जानकारी दिए । त्यसरी हकप्रद निष्काशन गर्दा कुनै पनि मुख्य कम्पनीबाट प्रवद्र्धित ५१ प्रतिशतभन्दा बढि सेयर होल्ड गरेको अवस्थामा भने त्यसरी आयोजना बनाउँदा १ः२ र अन्य कम्पनीको ५० प्रतिशतभन्दा कम सेयर होल्ड गरेको अवस्थामा १ः१ अनुपातमा मात्रै हकप्रद सेयर जारी गर्न पाउनेछन् ।

[googleapps domain=”drive” dir=”file/d/193w3tQFwefVOz_B-ElCdOVrUgsuksG6Z/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL