Logo

नयाँ वर्षलाई लक्षित गरी ललितपुर मलमा मोवाइल महोत्सव, ७ हजारसम्म छुट

नयाँ वर्षलाई लक्षित गरी ललितपुर मलमा मोवाइल महोत्सव, ७ हजारसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ललितपुर मोवाइल कम्प्लेक्सले नयाँ वर्ष २०१६ लाइ लक्षित गरी मोवाइल महोत्वसव शुरु गरेको छ । लगनखेलस्थित ललितपुर मलमा रहेका उक्त कम्प्लेक्सले एकै स्थानबाट विभिन्न ब्राण्डको मोवाइलमा नयाँ वर्षका विशेष छुटको व्यवस्था गरेको छ ।

कम्प्लेक्सले विभिन्न ब्राण्डका लेटेस्ट मोबाइल खरिदमा ५ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ । जस अनुसार हुवावेको जी सेभेन स्मार्टफोन खरिदमा सवैभन्दा बढी ७ हजार रुपैयाँ छुट गरिएको कम्प्लेक्सका अध्यक्ष पुरुषोतम बस्नेतले जानकारी दिए । साथै, हुवावेको वाई सिक्स स्मार्टफोन खरिदमा भने ज्याकेट दिने पाइने छ । साथै, कम्प्लेक्सले कुनैपनि किसिमका स्मार्टफोनको खरिदमा अधिकतम मूल्यमा सिधै ७ प्रतिशतसम्मको छुट दिने भएको छ ।

त्यसैगरी मोवाइलसँग सम्बन्धित एसेसरिजमा ३५ प्रतिशत छुट दिने भएको छ । मोवाइल एक्सचेन्ज सुविधा पनि रहेको बस्नेतले जानकारी दिए । कम्प्लेक्सले सामसुङ नोट फाइभ स्मार्टफोनको गरिदमा भने ५ हजार ५ सय रुपैयाँ छुट दिने भएको छ ।

कम्प्लेक्सले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदका साथै मनोरन्जन प्रदान गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन सांगितिक कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL