Logo

चेम्बर एक्स्पो पुस २३ बाट, कन्ट्री पार्टनरमा कोरिया, २५० स्टल रहने

चेम्बर एक्स्पो पुस २३ बाट, कन्ट्री पार्टनरमा कोरिया, २५० स्टल रहने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०७२ यहि पुस २३ गतेबाट भृकुटीमण्डपको प्रदर्शनी हलमा शुरु हुने भएको छ । नेपालको औद्योगिक एव वाणिज्य क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि एक्स्पो गर्न लागिएको आयोजक संस्था नेपाल चेम्बर अफ कमर्शले जानकारी दिएको छ ।

मेलाले बैशाखमा गएको भुकम्प तथा केही महिनादेखिको असहज परिस्थितीका कारण सुस्ताएको देशको औद्योगिक तथा व्यापारिक क्षेत्रलाई उकास्न उद्यमी व्यवसायीलाई ऊर्जा प्रदान गर्ने आयोजकले विश्वास लिएको छ ।

एक्स्पोको उद्देश्य व्यापार प्रवद्र्धन, नेपाली उत्पादनको बजारिकरण तथा अन्तरराष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई आर्थिक सम्भाव्यताको खोजी गर्नु रहेको छ । साथै गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जन चेतना अभिवृद्धि गर्ने दायित्वलाई समेत प्रदर्शनीले प्राथमिकता दिने भएको छ ।

मुलुकको व्यापार घाटा बढ्दै गैरहेको परिप्रक्ष्यमा निकासी अभिवृद्धि गर्न निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न एक्स्पोको महत्वपूर्ण भूमिका रहने छ । एक्स्पोमा अवलोकनकर्ताहरूले आफ्ना रुचि अनुसारका उपभोग्य सामग्रीहरू एकै थलोमा किनमेल गर्न सक्ने व्यवस्था रहेको छ । उक्त एक्स्पोमा अटोमोवाइल, इलोक्ट्रोनिक, फ्लोरिङ तथा फर्निसिङ, होम एप्लाइन्स, फेसन वेयरलगायतका सम्पूर्ण सामग्री राखिने भएको छ ।

एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज कार्पेट रहेको छ भने सहप्रायोजकमा सीजी मोवाइल र ड्रागन एयर रहेका छन् । यसैगरी प्रभु इन्स्योरेन्स एक्स्पोको अफिसियल इन्स्योरेन्स कम्पनी रहेको छ । मेलाको कन्ट्री पार्टनरको रुपमा दक्षिण कोरिया रहेको छ ।

मेलामा २ सय ५० स्टल रहनेछन् । जसमा राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उद्योगी व्यवसायीहरुका पेभिलिएन रहने छन् । कन्ट्री पार्टनर कोरियाको ४० भन्दा बढी स्टल रहने छन् । मेला अवधिभर ५० हजारभन्दा दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL