Logo

अर्थमन्त्रीले गरे जुत्ता मेलाको अवलोकन, ६ दिनमा ३२ हजार जोर विक्री

अर्थमन्त्रीले गरे जुत्ता मेलाको अवलोकन, ६ दिनमा ३२ हजार जोर विक्री


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली जुत्ता तथा चप्पल उद्योगका कुनै पनि किसिमका समस्याहरु समाधान गर्न आफु तयार रहेको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए । ‘नेपाली जुत्ता तथा चप्पल उद्योगको प्रवद्र्धनको लागि म र मेरो मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार छ,’ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको १२ औं औद्योगिक प्रदर्शनीको अवलोकनको क्रममा उनले भने ।

अहिलेको यो असहज परिस्थितिमा पनि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसनले नेपाली छाला जुत्ता तथा नेपाली शुटको उत्पासपूर्वक प्रदर्शनी गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।

प्रदर्शनीमा हालसम्म ८० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले दावी गरेको छ । साथै, प्रदर्शनी स्थलबाट ३२ हजार जोर जुत्ता तथा चप्पल विक्रि भएको मेला संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL