Logo

जुत्ता प्रदर्शनीमा सभासददेखि मन्त्रीसम्मको भीड, ५ दिनमा ७० हजारले गरे अवलोकन

जुत्ता प्रदर्शनीमा सभासददेखि मन्त्रीसम्मको भीड, ५ दिनमा ७० हजारले गरे अवलोकन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको जुत्ता तथा चप्पलको १२ औं औद्योगिक प्रदर्शनीमा उप प्रधान तथा उर्जा मन्त्री मन्त्री टोप बहादुर रायमाझीले अवलोकन गरेका छन् । सो अवसरमा उप प्रधानमन्त्री रायमाझीले नेपाली जुत्ता तथा वस्तुलाई अभिरुचीका साथ व्यवसायीहरु संग उत्पादन र बजारीकरणको सन्दर्भमा व्यवसायीसँग छलफल गरेका थिए ।

shuit-but-expo

सोमबार नै मेलामा नेपाली काँग्रेसका नेता तथा सांसद रामहरी खतिवडा तथा प्रदिप पौडेलले पनि अवलोकन गरेका छन् । उनीहरुले नेपाली उत्पादनलाई प्रबर्दन गनै आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन् । पौष ९ देखि शूरु भएको प्रदर्शनी भोलीसम्म चल्लने छ । प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरु तथा स्वदेशमा रहेका कपडा तथा सिलाई व्यवसायीहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग, सुट, प्यान्टको स्टल रहेको छ ।

आयोजकका अनुसार हालसम्म प्रदर्शनीमा करिब ७० हजारले अवलोकन गरिसकेका छन् । प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् ।

यस प्रदर्शनीमा करिव १ लाख दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने तथो करिब २ करोडको काराबार हुने अपेक्षा आयोजकले लिएको छ । मेलामा सम्पुर्ण कम्पनीले आफ्नो उत्पादनमा १५ प्रतिशत छुट दिईरहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL