Global_Ime

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, अनलाईनमार्फत टिकट लिने व्यवस्था


बिजखबर संवाददाता
3 September, 2021 4:36 pm

Manakamana Cable car

काठमाडौं । मनकामना केबुलकार भदौं २० गते आईतबारदेखि संचालनमा आउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको उक्त केबुलकार स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै सञ्चालनमा आउन लागेको हो ।

Nabil
Yamaha

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउन बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom