Logo

३ दिनमा ४० हजारले अवलोकन गरे जुत्ता मेला, १५ हजार जोर विक्री

३ दिनमा ४० हजारले अवलोकन गरे जुत्ता मेला, १५ हजार जोर विक्री


बिजखबर संवाददाता
27
Shares

जुत्ता तथा चप्पलको १२ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । मेला शुरु भएको ३ दिनमै सोभन्दा बढी उपभोक्ताहरुले अवलोकन गरेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल (एफम्यान) का महासचिव तथा मेला संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिए । ‘मेलामा आज एकमदै भीड लागेको थियो,’ उनले भने, ‘आज मात्रै २० हजारभन्दा बढीले अवोलकन गरे ।’

श्रेष्ठका अनुसार मेला शुरु भएको ३ दिनमा विभिन्न कम्पनीका १५ हजार जोरभन्दा बढी जुत्ता चप्पल विक्री भएको छ । अघिल्ला दिनका तुलनामा दर्शकहरु प्रदर्शनीमा आउने क्रम बढेको आयोजकले जानकारी दिएको छ । पुस ९ गतेदेखि शुरु भएको उक्त प्रदर्शनी पुस १५ गतेसम्म चल्ने छ ।

मेलामा नेपाली बुट तथा शुट पाइने छ । १ सय ५ वटा स्टल रहेको उक्त मेलामा २० भन्दा बढी स्टलमा नेपाली सुट तथा नेपाली दौरा सुरुवालको प्रदर्शनी रहेको छ । मेलामा विभिन्न ४० वटा कम्पनीको सहभागिता रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL