Logo

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा प्रतितोला ८९ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार बढ्दै प्रतितोला ८९ हजार ७ सय रुपैयाँ पुगेको हो ।

laxmi

महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँ तोकिएको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने केहि घटेको छ। आज चाँदी अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL