Logo

बैक वित्त संस्थाले अल्पकालिन सेयरमा लगानी गर्न नपाउने, लघुवित्तको सेयर किन्न रोक

बैक वित्त संस्थाले अल्पकालिन सेयरमा लगानी गर्न नपाउने, लघुवित्तको सेयर किन्न रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयरमा गरिने लगानीमा कडाई गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन नाफा बुक गर्ने नाममा सेयर बजारलाई जुवाघरको रुपमा परिणत गरेपछि राष्ट्र बैंकले त्यसलाई कडाई गरेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) एकीकृत निर्देशनमा संसोधन सहितको सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानीका साथै खरिदमा समेत बन्देज लगाएको हो । जस अनुसार अबका दिनमा बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा डिवेञ्चरमा अल्पकालीन लगानी गर्न रोक लगाएको हो ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने भएका छन् । साथै बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने उक्त सर्कुलरमा उल्लेख छ । ‘अब खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन्,’ उक्त सर्कुलरमा भनिएको छ, ‘तर यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।’

सेयर बजारमा हुने आन्तरिक चलखेल रोक्न राष्ट्र बैंकको नयाँ कदम, बैंकलाई माईक्रोफाइनान्सको दोस्रो बजारमा लगानी गर्न रोक लगाईदैं

यसैगरी बैंक तथा वित्तीय संस्थालाई घ बर्गको घलुवित्तको सेयरमा लगानी गर्न समेत रोक लगाएको छ । यस अघि बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर खरिद गरेर ड्राई आउटको सिर्जना गरी मूल्यमा खेलेसँगै नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गर्दै घ बर्षको कम्पनीको सेयर खरिद गर्ननै रोक लगाएको हो ।

आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाउने उक्त निर्देशनमा उल्लेख छ । साथै यसअघि २०७८।०२।१० सम्म) त्यस्तो सेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL