Logo

कोरोना भाईरसभन्दा घातक बन्दै कोरोनाबारे बाढीसरह आएका समाचार, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

कोरोना भाईरसभन्दा घातक बन्दै कोरोनाबारे बाढीसरह आएका समाचार, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष



काठमाडौं । पछिल्लो समय प्रत्येक मिनेटमा कोरोना भाईरस (कोभिड–१९) सम्बन्धमा विभिन्न समाचारहरु बाढीझै आईरहेका छन् । यस्तो समाचारहरुको प्रवाहका कारण धेरैलाई मानसिक रुपमा ठूलो असर परिरहेको र यसले धेरैलाई मानसिक रोगका बिरामी बढ्ने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । किनकी अहिलेको अवस्थामा धेरै मानिसहरुले सोचेभन्दा बढी समाचारमा भरोसा गर्ने हुनाले यसले गहिरो असर पार्दछ । हालको समयमा यसले एकैचोटी धेरै जनसंख्यालाई असर पार्ने अध्ययनले देखाएको छ ।

laxmi

हालसम्म महामारीमा यसको असरबारे समाचार बाहिर आईनसकेपनि यस्ता घटना भएका थुप्रै उदाहरणहरु छन् । सन् २०१० मा अष्ट्रेलियामा वाईन्ड टर्वाईनले टर्वाईन सिन्ड्रोम फैलाउने समाचार छापिए । त्यसपछि अस्पतालहरुमा टाउको दुख्ने तथा मुटुसम्बन्धीका बिरामीहरु बढे । समाचारमा वाईन्ड टर्वाईनबाट उत्पन्न हुने आवाज विकिरणका कारण खतरा उत्पन्न हुने बताईएको थियो ।

खास कुरा उक्त समाचार आएपछि मात्रै यसका बिरामी बढेको एक अध्ययनले बताएको थियो । तर टर्वाईन सिन्ड्रोम हावाका कारण भन्दा पनि गलत हल्लाका कारण लाग्ने गरेको अनुसन्धानकर्ताले निश्कर्ष निकाले ।

सन २००८ मा स्ट्याटिन ९एक कोलेस्टेरोलको औषधि० को गुगलमा खोजी गर्ने देशका नागरिकहरुलाई बढी मात्रामा यसको लक्षण पत्ता लगाईएको थियो । उनिहरुसँग सहनशीलताको पनि कमी देखिएको अध्ययनले देखाएको छ । अध्ययनमा अनलाईनमा आएको सुचनाहरुले रोग निम्त्याउने अत्याधिक सम्भावना रहेको देखाएको थियो ।

यस्तै अमेरिका तथा चिनियाँ गरी २८ हजार १ सय ६९ जनामा एक अध्ययन गरिएको थियो । जसमा चिनियाँ ज्योतिषसँग भरोसा गर्नेहरुको मृत्यु केही पहिले नै भएको थियो । अर्थात औषत मृत्यु उमेर पहिल्यै नै मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरुले उक्त अध्ययनबाट ज्योतिषले तोकेके मृत्यु उमेरले पनि उनिहरुको मृत्युमा असर गरेको निश्कर्ष निकालेका थिए ।

यस्तै प्रकारले विभिन्न समाचार माध्यममा आएका कोरोना भाईरसका समाचारहरुले रुघाखोकी, ज्वरो, तथा विभिन्न दुखाईका बिरामीहरुको संख्या बढ्न सक्ने अनुसन्धाताहरुले बताएका छन् । यस्तै भाईरसको संक्रमण भईसकेकाहरुका लागि भने यस्तो समाचारहरु झन घातक हुनसक्ने मानिएको छ जसले संक्रमितको ज्यानै पनि जान सक्ने सम्भावना रहन्छ ।

हल्का ज्वरो मात्रै आएका बिरामीहरु पनि समाचाहरुमा आएका विभिन्न अफवाहका कारण डर मानेर अस्पताल जाने र सोही अनुसार साँच्चिकै भाईरसबाट संक्रमित हुनसक्ने या अन्य नयाँ रोग सर्न सक्ने अवस्था रहन्छ । कतिपय देशहरुमा आईशोलेसनमा बसेकाहरुलाई पनि यस्तो खतरा हुनसक्ने अनुमान गरिएको छ ।ईन्डीपेन्डेन्टबाट

प्रतिक्रिया दिनुहोस्
MBL