Logo

कोरोनाका कारण अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, पछिल्लो १ महिनामा ३० प्रतिशतले वृद्धि

कोरोनाका कारण अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, पछिल्लो १ महिनामा ३० प्रतिशतले वृद्धि



काठमाडौं । कोरोना भाईरसकै कारण अमेरिकाको बेरोजगारी संख्यामा ३० प्रतिशतले वृद्धि हुने देखिएको छ । अमेरिकास्थित संघीय रिजर्भ बैंकका प्रमुख जेम्स बुलर्डका अनुसार दोस्रो त्रैमासिकसम्ममा अमेरिकाको बेरोजगारीमा ३० प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेका हुन ।

उनले आईतबार ब्लुमबर्गसँगको अन्तरवार्तामा बेरोजगारीसँगै कुल ग्राहस्थ उत्पादनमा पनि ५० प्रतिशतको गिरावट आउने उल्लेख गरेका हुन ।

बेरोजगारीका कारण अमेरिकाले सन् १९९३ यताकै ठुलो समस्या भोग्न लागेको उनको भनाई थियो । सन १९९३ मा अमेरिकाको बेरोजगारीको संख्यामा २४ दशमलव ५ प्रतिशतको वृद्धि भएको थियो ।
यस्तै सन २००९ मा पनि अमेरिकाको बेरोजगारी वृद्धिदर १० दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।

हाल अमेरिकालगायत विभिन्न देशमा सेवामुलक क्षेत्रका व्यवसायहरु बन्द गर्न निर्देशन दिईएको छ । धेरैजसो व्यवसायहरु बन्द हुने अवस्थामा छन् भने कतिपयले आफ्ना श्रमिकहरुलाई दिने जति तलव दिएर कामबाट निकालेका छन ।

अमेरिकास्थित श्रम विभागका अनुसार गत हप्ता २ लाख ८१ हजार जना बेरोजगारीको अवस्थामा बसिरहेका थिए जुन अघिल्लो हप्ताको तुलनामा ७० हजारले बढी हो । बुलार्डले मार्चको अन्तिमसम्ममा बेरोजगारीको संख्या ५ लाख पुग्न प्रक्षेपण गरेका छन ।

कोरोना भाईरसको महामारीका कारण सम्पुर्ण अर्थतन्त्रलाई नै असर गरिहेको बेला बेरोजगारी भने सबैभन्दा ठुलो समस्या हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL