Logo

अन्तरिक्ष महाशक्ती राष्ट्रको सूचीमा समावेश भयो भारत, चौथो राष्ट्र भएको घोषणा

अन्तरिक्ष महाशक्ती राष्ट्रको सूचीमा समावेश भयो भारत, चौथो राष्ट्र भएको घोषणा



काठमाडौं । भारत अन्तरिक्ष महाशक्ती राष्ट्रको सूचीमा समावेस भएको छ । बुधबार एक कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म ३ देशमात्रै उक्त अन्तरिक्ष महाशक्तीको देशका रुपमा रहिआएकोमा अब भारत पनि समावेश भएको जानकारी दिएका हुन । ‘अब भारत अन्तरिक्ष महाशक्ती राष्ट्रको चौथो राष्ट्र भएको छ,’ उनले कार्यक्रममा बोल्दै भने, ‘सबै भारतीयका लागि यो भन्दा ठुलो गर्वको विषय अरु हुनै सक्दैन ।’

laxmi

भारतले एण्टी स्याटेलाईट परीक्षण सफलतापुर्वक गरेको र ३ सय किलोमिटर टाढा रहेको एक लाउड स्याटेलाईटलाई ध्वस्त पारेको थियो । जम्मा ३ मिनेटमा लो अर्बिट स्याटेलाईटलाई एण्टी स्याटेलाईट मिसाईलले सफलतापूर्वक ध्वस्त पार्न सफल भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना बैज्ञानिकले गरेको कामले उक्त सफलता मिलेको जानकारी दिएका छन । उनले बैज्ञानिककै कारण भारतको शिर उच्च भएको समेत कार्यक्रममा उद्घोष गरेका हुन । हाल भारतले आफ्ना जनतालाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने हेतुले अन्तरिक्षमा सयौं उपग्रहहरु पठाईसकेको जानकारी दिँदै उक्त उपग्रहहरुले कृषि, शिक्षा, रेल्वे, स्वास्थ्य लगायतका क्षेत्रका धेरै ठुलो सहयोग पुर्याउँदै आएको बताएका छन ।

हालसम्म विश्वका ३ देशमात्रै अन्तरिक्ष महाशक्तीको सूचीमा समावेश भएका छन । हाल अमेरिका, रुस र चीनमात्रै उक्ता महाशक्ती राष्ट्रको सूचीमा समावेश भएकोमा अब भारतपनि उक्त महाशक्ती राष्ट्रको सूचीमा समावेश भएको हो ।

भारतीय क्षेप्यास्त्रले अब पृथ्वीको तल्लो भागमा भएका भु उपग्रहहरु सजिलै खसाल्न सक्ने क्षमता राख्दछन । जसमार्फत भारतीय उपग्रहहरुको सुरक्षा हुनुका साथै समग्र सुरक्षाका दृष्टिकोणले राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL