Logo

मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प, मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प, मृत्यु हुनेको संख्या आठ सय नाघ्यो



काठमाडौं । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय नाघेको छ । मोरक्कोको गृह मन्त्रालयका अनुसार अहिलेसम्म ६७२ भन्दा बढी घाइते भएका छन् । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

laxmi

शुक्रबार राति ११: ११ बजे भएको ६.८ रेक्टर स्केलको भूकम्प आएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

मोरक्कोको इतिहासमा १२० बर्षपछि आएको सबैभन्दा ठुलो भूकम्प हो । मोरक्कोमा सन् १९०० सयपछि अहिलेसम्म ५ रेक्टर स्केलभन्दा ठुला भूकम्प केवल ९ पटक आएका छन् । यद्यपी ६ भन्दा ठुलो रेक्टर स्केलको भूकम्प भने आएको पहिलो पटक हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL