Logo

Global_Ime

५ पैसामा ‘अनलिमिटेड थाली’, रेष्टुरेन्टको यस्तो अफरपछि लाग्यो लामो लाइन

५ पैसामा ‘अनलिमिटेड थाली’, रेष्टुरेन्टको यस्तो अफरपछि लाग्यो लामो लाइन



काठमाडौं । भरातमा ‘दादा जी की थाली’ ‘५ रुपैया थाली’ जस्ता नामहरू तपाईंले पहिले पनि सुन्नु भएको होला । तर, के तपाईं आजको महँगीको समयमा ५ पैसामा पेटभरि खाना पाउन सक्नुहुन्छ भन्ने कल्पना गर्न सक्नुहुन्छ ? हो, तपाईले एकदम सहि पढिरहनुभएको छ केवल ५ पैसा को थाली र त्यो पनि ३५ स्वादिष्ट परिकारले भरिएको असीमित थाली ।

Laxmi_sunrise
Kumari

तपाईले सोच्न सक्नुहुने छैन, तर आन्ध्र प्रदेशका एक रेस्टुरेन्ट मालिकले प्रमोशनको लागि यस्तो अफर ल्याए, जुन सुनेर सबै छक्क परे। विजयवाडाको राजभोग रेस्टुरेन्टका मालिकले आफ्नो रेस्टुरेन्टको प्रचार गर्न अनौठो तरिका ल्याए। उनले ५ पैसामा ३५ वटा परिकारले भरिएको थाली ग्राहकलाई दिए ।

यो अफरको बारेमा थाहा पाउने बित्तिकै रेस्टुरेन्ट बाहिर ग्राहकहरुको लामो लाइन लागेको थियो । रेस्टुरेन्ट सञ्चालक मोहितले आफ्नो व्यवसायको प्रवद्र्धनका लागि यो अफर ल्याएको बताए । मोहितले आफ्नो रेष्टुरेन्ट २ महिनाअघि सुरु भएको बताए । आफ्नो प्रवर्द्धनका लागि उनले यो अफर ल्याएका थिए जसमा पहिलो ५० जनालाई मात्र ५ पैसामा असीमित थाली बिक्री गरिएको थियो ।

यस्तै १००० मानिसहरूलाई यो थाली आधा मूल्यमा प्रदान गरिएको थियो। यो थालीको मूल्य एकदमै कम राखिएको थियो, तर यसमा परिकारको कुनै कमी थिएन। यस थालीमा देशका विभिन्न राज्यका ३५ परिकार समावेश गरिएको छ । यो प्रमोशनल अफर १ दिनको लागि मात्र आउट गरिएको थियो, जुन अब समाप्त भएको छ।

रेस्टुरेन्ट सञ्चालक मोहितका अनुसार यहाँको थाली सबैभन्दा ठूलो विशेषता हो । राजस्थानी, गुजराती र उत्तर भारतीय थालीहरू मेनुको विशेषता हुन् । उनले भने–यहाँका मानिसहरूले परिकारको बारेमा जानकारी पाउन सकून् । दक्षिणका परिकारहरू बाहेक पनि दक्षिण भारतमा पहिचान हुनुपर्छ, त्यसैले हामीले यो प्रस्ताव गरेका हौं।’ उनले यो अफरमा मानिसहरूले यति धेरै चासो लिनेछन् भन्ने आशा थिएन तर उनको रेष्टुरेन्टमा मानिसको लामो लाइन रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC