Logo

जापानीज टेक कम्पनी सोनी अव विद्युतीय सवारीसाधन उत्पादन गर्ने, नयाँ कम्पनी चाँडै सुरुवात गर्ने घोषणा

जापानीज टेक कम्पनी सोनी अव विद्युतीय सवारीसाधन उत्पादन गर्ने, नयाँ कम्पनी चाँडै सुरुवात गर्ने घोषणा



काठमाडौं । जापानीज प्रविधि कम्पनी सोनीले अब विद्युतीय सवारीसाधन उत्पादन अघि बढाउने भएको छ । कम्पनीले बुधबार जानकारी दिएअनुसार चाँडै विद्युतीय सवारीसाधन उत्पादन गर्ने नयाँ भगिनी कम्पनीको स्थापना गर्न लागेको हो ।

laxmi

सोनीका संस्थापक तथा अध्यक्ष केनीचिरो योसिदाले एक पत्रकार सम्मेलनमा विद्युतीय सवारी उत्पादनको जाँच गर्नका लागि सोनी मोविलिटी ईंक नामक कम्पनी सार्वजनिक गर्न लागेको बताएका हुन् ।

‘हामीले हालसम्म उपलब्ध गराएको सेन्सिङ प्रविधि, फाईभजी क्लाउड, इमेजिङलगायत प्रविधिको समायोजनसहितको नयाँ उत्पादनले अझै धेरै हामीलाई माथि उठाउनेछ,’ उनले भने । हालपनि कम्पनीसँग अटोमेटिक ड्राईभिङ कारका लागि आवश्यक सेन्सरहरुको बाहुल्यता छ ।

यस्तै यो कम्पनी गित, सिनेमा, श्रृङ्खलालगायतका मनोरञ्जनका क्षेत्रमा पनि अगस्थानमा पर्ने गरेको छ । कम्पनीले एसयुभी गाडी सार्वजनिक गर्दै जाँचका लागि तयारी गरेकोसमेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL