Logo

मेलम्ची खानेपानी आयोजनाको ठेक्का चिनियाँ कम्पनी सिनो हाईड्रोलाई, दशैं पछि मात्रै काम सुरु

मेलम्ची खानेपानी आयोजनाको ठेक्का चिनियाँ कम्पनी सिनो हाईड्रोलाई, दशैं पछि मात्रै काम सुरु



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्का चिनियाँ कम्पनी सिनो हाईड्रोले पाउने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सुरुङमार्ग फिनिसिङ र हेडवर्कस निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाईड्रोलाई दिन लागेको हो ।

laxmi

छनोट प्रक्रियामा रहेका चिनियाँ कम्पनी सिनो हाईड्रो र नेपाली कम्पनी हाई हिमालय हाईड्रो मध्य छनोट समितिले सिनो हाईड्रोलाई छनोट गरेको आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन । उनका अनुसार एडीबीबाट पुनः मूल्यांकन भएर एक साताभित्र स्वीकृत भएर आउनेछ ।

आयोजनाले छनोट गरेको भएपनि चिनियाँ कम्पनीलाई दिने वा नदिन भन्ने एडीबीले निर्णय भने दिई नसकेको आयोजनाले जानकारी दिएको छ । कंडेलका अनुसार चिनियाँ कम्पनीले आयोजनाको इस्टिमेटभन्दा करिव २५ प्रतिशतमा तल ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै बढी मूल्यमा ठेक्का हालेपछि चिनियाँ कम्पनीलाई नियमानुसार छनौंट गरिएको हो । हेडवर्क्सका लागि करिव १ अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

एडीबीको निर्णय आएसँगै आयोजनाले १५ दिनभित्र सम्झौता गर्ने भएको छ । सम्झौता भएको कम्पनीले एक महिना मोविलाईजेसन पिरियड पाउने छ । असोज अघि नै काम सुरु गर्ने गरि ठेक्का लाग्ने कँडेलले बताएका छन ।

तर दशैं पछिमात्रै काम सुरु हुने सम्भावना रहेको आयोजनाका एक उच्च अधिकारीले जानकारी दिएका छन । काम थालेको १२ महिनामा सुरुङमार्ग फिनिसिङ र १५ महिनामा हेडवर्क्स तयार पार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL