Logo

भूकम्पले भत्किएका २०१ सम्पदा पुनर्निर्माण सम्पन्न, गुम्बा पुनर्निर्माण भने अन्यौलमै

भूकम्पले भत्किएका २०१ सम्पदा पुनर्निर्माण सम्पन्न, गुम्बा पुनर्निर्माण भने अन्यौलमै


रासस
54
Shares

काठमाडौं । भूकम्पले भत्किएकामध्ये २ सय १ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । हाल ३ सय ९ सम्पदाको पुनर्निर्माण भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन । गोरखा भूकम्पको साढे ३ वर्ष बित्दासमेत २ सय ४३ सम्पदाको काम भने सुरु हुन सकेको छैन ।

रानीपोखरी र बालगोपालेश्वरको काम अझै सुरु हुनसकेको छैन । हालसम्म २७ प्रतिशत सम्पदा पुनर्निर्माण सम्पन्न भएकामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतको कामसक्ने प्राधिकरणको लक्ष्य छ । आव २०७६÷७७ मा ७५ प्रतिशत सम्पदा बनाइसक्ने कार्ययोजना बनाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

आव २०७७÷७८ को पहिलो चौमासिकमा भूकम्पले क्षति पुर्याएका सबै सम्पदा पुनर्निर्माण गरिसक्ने लक्ष्य छ । प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाका अनुसार कम प्रभावित १८ जिल्लाका ८ सय ४५ सम्पदामा क्षति पुगेको छ । ३२ वटै जिल्लाको गरी १ हजार ५ सय ९८ सम्पदा पुनर्निर्माण गर्नुपर्ने छ । यसमध्ये पूर्ण रुपमा क्षति भएका सम्पदा १ सय ३३ भएको अधिकृत बाँस्कोटाले जानकारी दिएका छ ।

सुरु भएन गुम्बा पुनर्निर्माण

भूकम्पले क्षति पुगेका ८ सय ९५ गुम्बा पुनर्निर्माण गर्नु पर्ने भए पनि हाल सम्म निर्माण हुन सकेको छैन । मर्मत गर्नुपर्ने गुम्बाको संख्या ४ सय २ रहेको छ । तर अहिलेसम्म कुनै पनि गुम्बाको पुनर्निर्माण भएको छैन । कार्यविधिमा भएको अस्पष्टताले गुम्बा पुनर्निर्माणमा ढिलाइ भएको प्राधिकरणले जानकारी दिएको छ ।

२ हजार वर्ग फिटभन्दा बढी क्षेत्रफल भएका र १ सय वर्षभन्दा पुराना गुम्बा प्राधिकरणले नै बनाउनेछ । १ सय वर्षभन्दा कमका गुम्बा पुनर्निर्माणका लागि भने प्राधिकरणले स्थानीय तहलाई ५० प्रतिशत बजेट दिने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL