Logo

काठमाडौं महानगर र सडक विभागबीच आरोप प्रत्यारोप, किन हटाइयो महानगरले राखेका बोर्ड ?

काठमाडौं महानगर र सडक विभागबीच आरोप प्रत्यारोप, किन हटाइयो महानगरले राखेका बोर्ड ?



काठमाडौं । चक्रपथ दोस्रो खण्डको निर्माणको कामलाई लिएर काठमाडौं महानगरपालिका र सडक विभागबचि आरोप प्रत्यारोप सुरु भएको छ ।

laxmi

चक्रपथ विस्तार सुरु भएको लामो समयसम्म पनि निर्माण हुन नसकेपछि उत्सर्जीत धुलो, धुवाँ र हिलो नियन्त्रण गर्न भन्दै काठमाडौं महानगरपालिकाले चक्रपथ क्षेत्रका विभिन्न स्थानमा काम छिटाे गराउन दवाव दिँदै बोर्डहरु राखेको थियो । उक्त बोर्डहरु अनुमतिविना राखिएको भन्दै सडक विभागले केहिदिन अघि बोर्ड नै हटाएपछि महानगरपालिका चिढिएको हो ।

आफुले काम छिटो गराउन दबाव दिँदै राखिएका बोर्डहरु चोरी भएको भन्दै काठमाडौं महानगरपालिकाले जिल्ला प्रहरी परीसर टेकुलाई खोजी गरिदिन आग्रह गर्दै पत्र पठाएको हो ।

काठमाडौं महानगरपालिकाले राखेको बोर्ड ।

यसअघि महानगरपालिकाले उक्त सडक खण्ड निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी, भौतिक मन्त्रालय र सडक विभागको नाम राखेर विभिन्न ९ स्थानमा सूचना पाटी राखेको थियो । सोही कुरालाई विभागले खरिद कारबाही र सम्झौता नै नभएको आयोजनामा चिनियाँ निर्माण कम्पनी संघाई कन्स्ट्रक्सनको नामसमेत राखेर अनुमतिविना सूचना पाटी राखेको आरोप लगाएको थियो ।

सडक विभागले निकालेको सूचना ।

यसरी सूचनापाटी राख्ने काम सडक ऐन २०३१ को दफा १९ विरुद्ध भएकाले ३ दिनभित्र यस्ता सूचनापाटी हटाउन विभागले महानगरपालिकालाई चैत २ गते अल्टिमेटम दिएको थियो । तर, महानगरपालिकाले नहटाई उक्त सूचना पार्टीहरु चोरी भएको आरोप महागरपालिकाले लगाएको छ ।

काठमाडौं महानगरपालिकाले प्रहरीसमक्ष दिएको उजुरी ।

प्रतिक्रिया दिनुहोस्
MBL