Logo

न्यूरोडमा बन्ने भयो मल्टीस्टोरी पार्किङ, १ अर्व लगानीको अनुमान

न्यूरोडमा बन्ने भयो मल्टीस्टोरी पार्किङ, १ अर्व लगानीको अनुमान


रक्षा रेग्मी
0
Shares

काठमाडौं उपत्यकाको बिजनेश हव न्युरोडमा मल्टिस्टोरि पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र न्यूरोड क्षेत्रमा पार्किङको समस्यालाई मध्यनजर गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका पव्लिक प्राइभेट पाटर्नरसिप विभागका प्रमुख शिव अधिकारीले जानकारी दिए ।

मल्टीस्टोरी पार्किङले न्यूरोडलाई प्रवद्र्धन गर्न मद्धत गर्ने उनको अनुमान छ । न्यूरोड पिपलबोट नजिक महानगरपालिकाको जग्गमा पार्किङ बनाउन सो पार्किङ पब्लिक प्राइभेट पाटर्नरसिप मोडलमा बनाइने बताइएको छ ।

अधिकारीका  अनुसार आगामी मंसिरदेखि पार्किङ बनाउनका लागि बोलपत्र आवहवान गरिने छ । ‘सुरुमा इच्छुक फर्म वा कम्पनीलाई अध्ययनका लागि आवेदन पेस गर्न खुल्ला गर्ने छौं,’ उनले भने ‘इच्छुक जुनसुकै कम्पनीले महानगरपालिकामा आफ्नो प्रस्ताव पेस गर्न सक्नेछन् ।’ साथै, प्राप्त प्रस्तावमध्ये उत्कृष्ट छानेर प्रपोजल मागिने उनले जानकारी दिए । बोलपत्रमार्फत कन्सलट्यान्ट हायर गरि उपयुक्तलाई रकम, डिजाइनलगायतको अध्ययन गर्न दिने बताइएको छ । अध्ययन सकिए लगतै पार्किङ निर्माणका लागि कम्पनी छानी काम सुरु गरिने उनले जानकारी दिए ।

मल्टी स्टोरी पार्किङ महानगरपालिकाको चालुबर्षको कार्यक्रममध्यको एक कार्यक्रम हो । जसअनुसार यस बर्ष सम्पूर्ण कार्ययोजना तयार गरेर आगामी बर्षभित्र सवै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।

यस्तो हुनेछ पार्किङ

पार्किङ न्यूरोडको पिपलबोट नजिक महानगरपालिकाको २ रोपनी जग्गामा बनाइने बताइएको छ । ५ तला रहने सो पर्किङ बनाउन करीब १ अर्व लगानी लाग्ने महानगरपालिकाको अनुमान छ । साथै पार्किङमा २ तलाको अन्डरग्राउण्ड समेत हुनेछ ।

एरिया सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन गर्न नमिल्ने भएकोले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिने छ । जसअनुसार मेन गेटबाट गाडि भित्र छिराएपछी माथिका अथवा तलका तलाहरुमा पार्किङ गर्न आफ्नो सवारीलाई लिफ्टमा राख्नुपर्छ ।

त्यसपछी आफुले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ हेरी नम्बर थिचेपछी लिफ्टबाट नै तल माथि गर्न सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL